२३ जेठ, काठमाडौँ । नेपाली काँग्रेसको युवा दस्ता तरुण दलले केन्द्रीय समिति भङ्ग गर्नुपर्ने भन्दै काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ। तरुण दलको एक समूह मोटरसाइकल र्यालीसहित सानेपा पुगेर आन्दोलित बनेको हो।
नाराबाजीको नेतृत्व सभापति शेरबहादुर देउवा पक्षका युवाहरू केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरी लगायत छन् । हाल तरुण दलको अध्यक्ष विद्वान गुरुङ रहेका छन्।अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेकोले उनीहरूको आरोप छ। उनीहरूले उक्त केन्द्रीय समिति भङ्ग गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने माग गरेका हुन्।
अहिले प्रदर्शनकारीहरूलाई केन्द्रीय कार्यालयमा प्रवेश गर्न नदिन सानेपामा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।