राजनीति

गृहमन्त्रीमाथि छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षी दलको निर्णय 

२३ जेठ, काठमाडौँ । प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने अडान कायमै राखेको छ ।आज बसेको बैठकले उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको हो। 

 प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको हो। 

साथै आजको बैठकले  यस विवादका सन्दर्भमा  सबै दलसँग छलफल गर्ने समेत निर्णय गरेको छ।