२३ जेठ, काठमाडौँ । आज १ बजेलाई बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि छानबिन हुनु पर्ने माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरिरहे पछि बस्दै नबसी आइतबार सम्मको लागि सूचना टाँसेर स्थगित भएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको दाबीसहित विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन्। उनीहरूले उच्चस्तरीय छानबिन समितिलाई बटमलाइन बनाएका छन्।
सहमतिको लागि निकै प्रयास भए पनि सहमति बन्न सकेको छैन।