२३ जेठ, काठमाडौं । आई एमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटेल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटेल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो ।
सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको आइएमैइ लाइफ मोबाइल एप प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।
इला होटेल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटेल एन्ड रिर्सोट र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट ,यसै गरी आईएमई हस्पिटालिटि एण्ड होटेल अन्तर्गत पोखरा स्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटेल ले हिमालय लगायतका होटेल तथा हस्पिटालिटिहरु रहेका छन् । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।
