राजनीति

पूर्वाग्रह राखेर बदलाको भावनाले म माथि भ्रष्टाचारको मुद्दा लगाए: पूर्व प्रधानमन्त्री नेपाल 

२४ जेठ, काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको भूमिका देखेर आत्तिएकाहरूले भ्रष्टाचारको मुद्दा लगाएको आरोप लगाएका छन्। आज शनिवार पार्टीको मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूमाथि पूर्वाग्रह राखिएको बताएका हुन्। 

आफूले एक पैसा पनि नखाएको पूर्व प्रधानमन्त्री नेपालको दाबी छ।  उनले अदालतले आफूमाथि न्याय गर्ने विश्वास समेत राखेका छन्।  नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकोले कतिपय व्यक्तिहरू आत्तिएका र पूर्वाग्रह राखेको उनले बताए। प्रधानमन्त्री केपी ओली लक्षित गर्दै उनले आफूमाथि  बदलाको भावनाले भ्रष्टाचारको मुद्दा लगाएको बताएका हुन्।  

 उनले आफूले कुनै गल्ती नगरेको भन्दै कार्यकर्तालाई विश्वस्त हुन आग्रह गरे।  नबिराउनु, नडराउनु भन्दै अध्यक्षले नेपालले आफूलाई न्यायालयले न्याय दिन्छ भन्ने कुरामा आफूले विश्वास गरेको समेत बताए।