प्रवास

चार्टर्ड विमानमार्फत थप ४०भन्दा बढी नेपालीलाई नेपाल फर्काउँदै अमेरिका 

२५ जेठ, काठमाडौँ। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि अवैध आप्रवासी विरुद्ध कडा नीति लिएपछि अमेरिकाले आज ४०  भन्दा बढी नेपालीलाई नेपाल फिर्ता पठाउने भएको छ। 

अमेरिकामा अवैधानिक रूपमा बसोबास गरी बसेका नेपालीलाई देश निकाला गरेको हो।  यो अभियान अन्तर्गत यसअघि पनि थुप्रै नेपालीलाई फर्काइसकेको छ। 

अमेरिकाले नेपाल, भारतलगायत  थुप्रै देशका नागरिकलाई यसै गरी फिर्ता पठाइरहेको छ।

अध्यागमन कार्यालयका अनुसार उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल ल्याइदिने भएको हो।  अमेरिकाले विमान नै चार्टर्ड गरेर नेपालीलाई फर्काएको यो दोस्रो पटक हो। यसअघि अमेरिकाले ८ नेपालीलाई डिपोर्ट गरेर आफ्नै विमानमा नेपाल ल्याइदिएको थियो।