२५ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक संसद् भवन नयाँ वानेश्वरमा बस्ने गरी प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैठक आह्वान गरेका हुन्।
बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने बताइएको छ।
संसद्को नियमित बैठक बस्न सकेको छैन। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा सरकारका गृहमन्त्री रमेश लेखक माथि छानबिन समिति गठन हुनु पर्ने र अनुसन्धानको लागि राजीनामा दुनु पर्ने माग गरिरहेका छन् । विपक्षी दलहरूको मागलाई सत्तापक्षले नकार्दै आइरहेको छ।
संसद्को खुलाउने विषयमा हिजो शनिवार सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबिच छलफल समेत भएको थियो । संसद् बैठक यही जेठ १३ गतेदेखि प्रभावित बन्दै आएको छ।