समाचार

अब नेपालमै लिङ्ग परिवर्तन गर्न पाइने, टिचिङ अस्पतालले गर्‍यो सफल शल्यक्रिया

२५ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले  नेपालमा पहिलो पटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिङ्ग परिवर्तनको सफल शल्यक्रिया गरेको छ। अस्पतालले आज आइतबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलो चोटि सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको बताएको हो। 

जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको हो।  यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अङ्गको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।’