समाचार

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा  

२५ जेठ, काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा  भ्रष्टाचार गरेको आरोपमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने भएको छ। 

उनीहरुविरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दाको फाइल लगिसकेको छ। अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी माग गरेको छ। 

यस प्रकरणमा पूर्व मुख्यसचिव डा वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिएको थियो। 

यस अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई पनि अख्तियारले अभियुक्त बनाइएको छ।