२५ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहितका विपक्षी दलहरूले सत्तारुढ नेपाली काँग्रेससँग संसद्को अवरोध हटाउनेबारे निर्णायक वार्ता गर्ने भएका छन्।
अहिले बानेश्वरमा विपक्षी दलको जारी बैठकमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई बोलाइएको बताइएको छ। विपक्षी दलका नेताहरू काँग्रेसका नेताहरूलाई पर्खिएर बसेका छन्। आज अवरोधका सन्दर्भमा सबैसँगै बसेर काँग्रेससँग फाइनल कुरा गर्ने विपक्षी दलका नेताहरूले बताएका छन्।
सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले संसद् सञ्चालनमा असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने बताउँदै आएका छन् ।