२५ जेठ, काठमाडौँ । जेठ १३ गतेदेखि अवरुद्ध संसद् बैठक खुलाउनेबारे नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिचको छलफल निष्कर्षविहीन भएको छ। आज एक बजेलाई बोलाइएको बैठक दलहरूको छलफलका कारण सवा तीन बजेलाई सारेर छलफल भएको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने र उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने प्रतिपक्षी दलको अडान र यी कुनै पनि माग सम्बोधन गर्न नसकिने सत्ता पक्षीय अडानका कारण संसद् बैठक प्रभावित बन्दै आएको छ।