२५ जेठ, काठमाडौँ । नेपाली काँग्रेस एमालेका नेताहरूले छलफल सुरु गरेका छन्। संसद्को अवरोध खुलाउनको लागि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको छलफलपछि सत्ता साझेदार दल छलफलमा जुटेका हुन्।
काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले मध्यमार्गी प्रस्तावबारे माओवादीका नेताहरूसँग छलफल गरेपछि एमालेसँग छलफल सुरु गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने र छानबिन समिति बन्नु पर्ने प्रतिपक्षीको अडानका कारण जेठ १३ गते देखि संसद् बैठक सुचारु हुन सकेको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले छानबिन समिति बनाउन जरुरी नभएको सत्ता पक्षको अडान रहेको छ।