ब्रेकिङ न्युज

पार्टीलाई बलियो बनाउन सभापति देउवाको आम नेता कार्यकर्तालाई आग्रह

२५ जेठ, भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन आम नेता कार्यकर्तालाइ आग्रह गरेका छन् ।

सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै सभापति देउवाले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने बताए ।

उनले भने, “पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नूस् । कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नूस् ।”

कार्यक्रममा नेता बिमलेन्द्र निधि, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेषबहादुर कार्कीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।