गण्डकी प्रदेश

बेगनास तालमा बेपत्ता पुरुष मृत भेटिए

२६ जेठ, काठमाडौँ। हिजो साँझ पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता पुरुष मृत फेला परेका छन्। 

पौडी खेल्ने क्रममा आइतबार साँझ पोखरा महानगरपालिका- ३१ माझीकुनास्थित बेगनास तालमा ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए। 

पौडी खेल्दा बेपत्ता भएका श्रेष्ठको शव तालको ३५ फिट गहिराइमा फेला परेको हो।  गोरखाको सहिद लखन गाउँपालिका- ३ मनकामना उनी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। 

बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो।