राजनीति

वाइसिएललाई अध्यक्ष दाहालको निर्देशन: जनयुद्धलाई होच्याउने र जनमुक्ति सेनालाई अपमान गर्ने विरुद्ध मैदानमा उत्रनुहोस् 

२६ जेठ, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशका प्रतिक्रियावादी प्रतिगमनकारी शक्तिका विरुद्ध खरो उत्रन युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)लाई निर्देशन दिएका छन्। आज आफ्नै निवास खुमलटारमा नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै उनले जनयुद्ध र प्राप्त उपलब्धिलाई होच्याउने र अपमान गर्न खोज्ने प्रति खरो उत्रन निर्देशन दिएका हुन्। 

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले परिवर्तनलाई उल्ट्याउने र जनयुद्ध, जनआन्दोलन र जनमुक्ति सेनाको भूमिकालाई अपमानिक्त गर्नेहरू प्रति प्रतिवाद गर्नु पर्ने बताए।  उनले पार्टीको आदेशलाई स्विकार्दै त्यस्ता गतिविधिको विरुद्ध उत्रनु पर्नेमा जोड दिए। 

वाइसिएलमा अहिले नेतृत्व केन्द्रीकृत भएको अध्यक्ष दाहालको दाबी छ ।  उनले ठुलो पदाधिकारी बने पनि यो नेतृत्वको केन्द्रीकृत भएको बताए। भर्खरै सम्पन्न वाइसिएल नेपालको तेस्रो महाधिवेशनले ७५ जना पदाधिकारी रहने गरी विधान संशोधन गरेको थियो।