२६ जेठ, काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले एनपिएस नेस्नल कार्स स्विच तथा नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, सल्लाहकार, श्री छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, श्री सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस सम्झौता सगैँ बैंकले डोमेस्टिक कार्ड योजना “नेपाल पे कार्ड” जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।