२६ जेठ, काठमाडौं। आज पनी प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्षको अवरोधका कारण स्थगित भएको छ। आजै ३० मिनेट पछि बस्ने गरी स्थगित भएको हो।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेका हुन्।
विपक्षीले उठेर टेबुल ठोक्दै विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित भएको बताए।
सदन सञ्चालनको वातावरण बनाउन अनुरोध गर्दै दलीय आधारमा बोल्न दिने बताएपछि विपक्षीले टेबुल ठोक्दै होहल्ला गरेपछि संसद अवरुद्ध भएको हो।