समाचार

काठमाडौँ महानगरका अवकाशप्राप्त इन्जिनियरको खातामा ४ करोड ५८ लाख रुपैयाँ, भ्रष्टाचारबाट कमाएको अभियोगमा मुद्दा दायर 

२६ जेठ, काठमाडौँ। अवकाश प्राप्त काठमाडौँ महानगरका इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

 अवकाशप्राप्त इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध अकुत सम्पत्ति थुपारेको अभियोगमा आज मुद्दा दायर गरेको हो। 

कोइरी महानगरका सातौँ तहका इन्जिनियर थिए। 

उनको खातामा ४ करोड ५८ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ।  उक्त सम्पत्ति भ्रष्टाचारबाट कमाएको दाबी गरी आयोगलेले विशेष अदालतमा मुद्दा दायर गरेको हो।