समाचार

संसद बैठक बुधवारसम्मको लागि स्थगित

२६ जेठ, काठमाडौं। आधा घन्टाको लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलले सदन अवरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थाघित भएको थियो। ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउनुपर्ने विपक्षीको माग छ भने सत्तापक्ष सहमत नभए पछि बैठक अन्योल बनेको छ। वैशाख १३ गतेदेखि विपक्षीले यही माग राख्दै सदन अवरोध गर्दै आएका छन्।