ब्रेकिङ न्युज

मुद्दा थपेर सरकारले प्रतिशोध साँधेको भन्दै अध्यक्ष थापाले भने: दुर्गा प्रसाईँलाई रिहा गरियोस्

२६ जेठ, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईँलाई रिहाई गर्न माग गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै चैत १५ गतेको घटनाको बहानामा पक्राउ गरिएका उनलाई नयाँ नयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साध्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले गत २ वर्षमा हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना एवं भुई मान्छेका समस्याहरू उजागर गर्ने काममा दुर्गा प्रसाईँले महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै रिहाइका लागि माग गरेका छन् । 

थापाको भनाई जस्ताको तस्तै: 

गत २ वर्षमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना एवं भुई मान्छेका समस्याहरू उजागर गर्ने काममा दुर्गा प्रसाईँले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। चैत १५ गतेको घटनाको बहानामा पक्राउ गरिएका उनलाई नयाँ नयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साध्ने काम गरेको छ। दुर्गा प्रसाईँलाई रिहा गरियोस्