२७ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपाने नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीसहित थुप्रै नेता–कार्यकर्ताहरू प्रवेश गरेका हुन्।
न्यौपाने अशोक राई नेतृत्वको जसपाका कर्णाली अध्यक्ष हुन्। उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवास खुमलटारमा एक कार्यक्रमकाबिच पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष दाहालले स्वागत कार्यक्रममा बोल्दै अब पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने बताए। उनले माओवादी केन्द्रप्रति देशकै आकर्षण बढ्दै गएको दाबी समेत गरे ।