समाचार

मैले कार्यकर्ता भेटघाट गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी 

२७ जेठ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेका कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिनु नपर्ने बताएकी छन्।  आज मङ्गलवार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन्।

भण्डारीले आफू एमालेको सङ्गठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका नेता कार्यकर्तासँग भेट्न अनुमति लिनुपर्ने आवश्यकता नरहेको दाबी गरेकी हुन्। 

सङ्गठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको भएर आफ्नो चिनजान ठुलै रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ । समाजसँग साक्षात्कार गर्दै भेटघाट गर्दै के छ जनताको विचार, आकाङ्क्षाहरू? नयाँ पुस्ता के चाहन्छन्?  भन्ने हिसाबले आफू लागि परेको बताइन। 

नयाँ पुस्ताका लागि र देशका लागि आफूले देशभित्र घुमफिर गर्न आफूले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने नलागेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।