२७ जेठ, काठमाडौँ । अनेरास्ववियुको बन्दसत्रमा नाराबाजी भएको छ। अध्यक्ष मण्डलले अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरेपछि होहल्ला सहित नाराबाजी भएको हो।
असन्तुष्टहरूले निर्वाचनको माग गरेका छन्।
कीर्तिपुरमा २४औँ महाधिवेशनको बन्द सत्र जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका कडरियाको नाम अध्यक्षमा प्रस्ताव गरेपछि विरोध भएको हो।
अध्यक्षमा ५ जना आकाङ्क्षी रहेका छन्। अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले दाबी गरेका छन्।
अध्यक्ष मण्डलले कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटीलाई उपाध्यक्ष र दीपक धामीलाई महासचिव प्रस्ताव गरेको थियो।