२७ जेठ, काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जारी अधिवेशनमा निर्वाचन हुने भएको छ।
बन्द सत्रमा अध्यक्ष मण्डलले अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्ताव गरे लगत्तै नाराबाजी भएपछि निर्वाचन प्रक्रियामा जाने भएको हो। होहल्ला भएपछि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ। उक्त तालीका अनुसार भोली निर्वाचन हुनेछ। अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले दाबी गरेका छन् । कडेरियालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ रहेको बताइएको छ।
प्रमुख निर्वाचन अधिकृतका अनुसार आज साँझसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र भोलि बिहान मतदानको कार्य अघि बढ्ने भएको हो। सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्य तालिकामा उल्लेख छ ।

