शिक्षा

त्रिवि उपकुलपतिको कार्यालय तोडफोडमा संलग्न भएको आरोपमा दिक्पाल कार्की पक्राउ 

२७ जेठ, काठमाडौँ । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट दिक्पाल कार्कीलाई पक्राउ गरेको बताइएको छ। 

१४ जेठमा उनीसहित स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै नेविसंघका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए ।सोही समयमा उपकुलपति नबहेको समयमा कार्यकक्षमा तोडफोड भएको थियो। 

उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको र सोही टोलीले रेक्टरको कार्यालयमा समेत तालाबन्दी गरेको थियो ।