समाचार

गोली लागेर घाइते भएका दुई जना लागु औषध कारोबारी प्रहरी नियन्त्रणमा

२७ जेठ, काठमाडौँ । काठमाडौँको टोखामा प्रहरीले गोली हानेर दुई जना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ गोली चलेको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै कारोबारीलाई नियन्त्रणमा लिने क्रममा  गोली प्रहार भएको हो। सो क्रममा दुई प्रहरी पनि घाइते भएको बताइएको छ। 

 लागु औषध नियन्त्रण ब्युरोको टोलीमाथि नै आक्रमण भएपछि प्रहरीले गोली चलाएको बताइएको छ। प्रहरीले उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको जनाएको छ। अहिले उक्त स्थानमा स्थानीयको भिड लागेको छ।