समाचार

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त

२७ जेठ, काठमाडौं । नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्ताका रूपमा रविन्द्र मानन्धरलाई नियुक्त गरेको छ। कम्पनीले आज मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएको हो ।

यसअघि मानन्धर केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

कम्पनी सम्बन्धमा कुनै जानकारी लिन परे प्रवक्ता मानन्धरसँग लिन सकिने छ। प्रवक्ता नियुक्त मानन्धरको सम्पर्क नम्बर ०१४२१०२०४ (कार्यालय) र ९८५१३७१४१५ (मोबाइल) तथा इमेल ठेगाना [email protected] रहेको छ ।