अन्तर्राष्ट्रिय

अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

२७ जेठ, काठमाडौं । अस्ट्रियाको ग्राज सहरको एक स्कुलमा गोली चल्दा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले मङ्गलबार जनाएको छ ।

गोली हाना हानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् ।

अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मङ्गलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो ।

घटना स्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।