अन्तर्राष्ट्रिय

गाजाको अल–अमल अस्पताल सेवा विहिन: डब्ल्यूएचओ

२७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयससले दक्षिणी गाजाको खान युनिसस्थित अल–अमल अस्पताल क्षेत्र वरपर बढ्दो इजरायली आक्रामकका कारण सेवा विहिन भएको चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा डाक्टर घेब्रेयससले अस्पताल विरामीको पहुँच विहिन र नयाँ बिरामी लिन रोक लगाएकाले विरामाीहरुले ज्यान गुमाउनु पर्ने जोखिम बढेको बताएका छन् । केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय चिकित्सा टोलीहरू अझै पनि अस्पताल परिसरमा सीमित चिकित्सा आपूर्तिका साथ बाँकी बिरामीहरूको सेवा गर्न सक्दो प्रयास गरिरहेको उनले प्रष्ट पारे।

अल–अमल अस्पतालमा नयाँ विरामीहरुका लागि बन्द भएपछि नासिर मेडिकल कम्प्लेक्स घाईते तथा विरामीहरुको उपचारका लागि एक मात्र अस्पताल भएको उनले उल्लेख गरेका छन्।

अल–अमल र नासेर कम्प्लेक्स दुवैले इजरायली आक्रमण र नाका बन्दीको कारण क्षमता भन्दा बढी घाइते तथा विरामीहरुको उपचार गरिरहेको जनाइएको छ ।

सन् २०२३ अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि, २.३ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूले खराब मानवीय प्रकोपको सामना गरिरहेका छन् । निरन्तर बढ्दो अभावले भयाभह स्थिती निम्त्याउन संयुक्त राष्ट्रसङ्ले बारम्बार चेतावनी दिएको छ भने इजरायलले अस्पताल, आश्रय तथा नागरिक पूर्वाधारलाई लक्षित गरि आक्रमण गरी रहेको छ ।