समाचार

सर्वोच्चको न्यायाधीशमा पोखरेल, पौडेल र थापाको नाम सिफारिस 

२७ जेठ, काठमाडौँ । सर्वोच्च अदालतको  न्यायाधीशको लागि तीन जनाको नाम सिफारिस भएको छ। न्याय परिषद्ले तीन जना न्यायाधीशको नाम सिफारिस गरेको हो।  परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको बताइएको छ। 

सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।