२७ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका एमाले सांसद दीपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनी र गाउँपालिका अध्यक्षसहित १५ जनालाई ६ करोड ७९ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।
ठाकुर धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित एमालेका सांसद हुन् । ठेकेदारको रूपमा ठेक्का प्रक्रियामा उनी सामेल भएको अख्तियारको दाबी छ। धनुषाको औरही गाउँपालिकाले १५ बेडको अस्पताल निर्माणगर्दा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, उपाध्यक्ष मिरादेवी सहनी, प्रमु प्रशासकिय अधिकृत सुवोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमित कुमार यादव, गंगा प्रसाद यादव, शिवनाथ साह, प्रमेश्वर मण्डल, दिलिप कुमार साहविरुद्ध अख्तियारले मुद्दा चलाएको हो । अख्तियारले गाउँपालिकाका इन्जिनियरहरू सोनु साह, सन्तोष कुमार मण्डल, विनीत कुमार साह, खरिदारहरू मोहन कुमार मण्डल, मनोज कुमार यादवमाथि मुद्दा चलाएको हो ।