२८जेठ, काठमाडौँ। पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन कसुरमा पक्राउ पुर्जी जारी भएको छ। उनलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
पत्रकार पाठकले केही महिना पहिला आफ्नो युट्युब च्यानलमा हिल्टन होटेलको शेयर बिक्रीको बारेमा एउटा रिपोर्ट प्रसारण गरेका थिए भने सोही समाचारका आधारमा उनलाई साइवर ब्युरोले पक्राउको अनुमति पाएको अनुमान लगाइएको छ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवालाई जोडेर समाचार प्रसारण गरेको भन्दै परेको उजुरीको आधारमा पत्रकार पाठकलाई पक्राउ गर्न लागिएको हो। नक्सालमा रहेको हिल्टल होटेलमा शङ्कर ग्रुपको स्वामित्व रहेको छ।
उक्त होटेलका देउवा पुत्र जयवीरको पनि लगानी रहेको भन्ने उक्त समाचार प्रसारण पछि शङ्कर ग्रुपले विज्ञप्ति नै निकालेर कानुनी उपचारमा जाने भन्दै खण्डन गरेको थियो।