२८जेठ, काठमाडौँ। संसद् खुलाउन सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको छलफल भइरहेको छ। सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकसहित नेताहरूसँग सभामुख घिमिरेले छलफल गरेका हुन्।
छलफलमा उपसभामुख इन्दिरा राना मगर पनि सहभागी छिन्।
छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै विपक्षीले उच्चस्तरीय समिति गठनको माग गर्दै आएका छन्। सत्तापक्षले भने यसमा सहमति जनाएका छैनन्।