२८जेठ, काठमाडौँ। निर्धारित समयमा बस्न नसके पछि प्रतिनिधिसभाको आजको बैठक ३:१५ बजेलाई सारिएको छ। दलहरूबीच सदन सञ्चालनको विषयमा सहमति नजुट्दा सूचना टाँस गरी बैठक सारिएको हो।
आजको बैठक दिउँसो २ बजेका लागि डाकिएको थियो। दलहरु भने छलफलमै रहेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग राख्दै विपक्षीहरूले सदन अवरुद्ध पार्दै आइरहेका छन्। सत्तापक्षले भने समिति बनाउन सहमति जनाएको छैन।