समाचार

विधान संशोधनपछि माओवादीलाई केन्द्रीय सदस्य जति पनि बनाउने बाटो खुल्यो 

२८जेठ, काठमाडौँ। नेकपा माओवादी केन्द्रले अब केन्द्रीय समितिमा जति पनि सदस्य थप्ने बाटो खोलेको छ। माओवादीको जेठ १२ गते बसेको पदाधिकारी बैठकले विधान संशोधन गर्ने निर्णय गरेपछि यस्तो बाटो खुलेको हो। 

 यस अघि पार्टी एकतामा आएका हर्को १० प्रतिशत मात्रै केन्द्रीय सदस्यमा थप्न पाउने व्यवस्था थियो। 

 पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य सङ्ख्याको १० प्रतिशतसम्म मात्रै थप्ने व्यवस्था थियो। तर, माओवादीले पदाधिकारी बैकपछि जारी गरिएको परिपत्रमा हाललाई  उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरिएको बताइएको छ। 

हाल माओवादी केन्द्रमा ४०८ जना केन्द्रीय सदस्य रहेको बताइएको छ।  परिपत्रपछि अब केन्द्रीय सदस्य जति पनि बनाउने बाटो खुलेको हो। माओवादी केन्द्रले थुप्रै साना ठुला कम्युनिस्ट घटकसँग पार्टी एकता र संयोजन गर्दै आएको छ।