समाचार

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

२८जेठ, काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरुको अवरोधका कारण पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्।

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनु पर्ने अडानमा छन् भने सत्ता पक्षले अस्विकार गर्दै आएको छ।

सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।