२८जेठ, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायत सात लाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरू विरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक छन्।
अख्तियारले महानगरपालिकाका निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो।