राजनीति

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सह्य छैन: वरिष्ठ नेता डा. कोइराला

२८ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रता राज्यको प्रहार सह्य छैन भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै अझ सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरङ्कुशता बाहेक अरू केही हुनै सक्दैन भन्ने टिप्पणी गरेका छन् । 

हिजो भर्खरै अदालतले दुई वटा अनलाइन मिडियालाई धितो पत्र बोर्डका अध्यक्षका विषयमा लेखिएको समाचार हटाउन आदेश दिएको अवस्था छ भने आज मात्र पत्रकार दिल भूषण पाठकलाई पक्राउ आदेश जारी गरेको अवस्था छ । 

नेपाली काँग्रेसकै उच्च तहका नेताले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीका विषयमा दिएको यो नै पछिल्लो महत्त्वपूर्ण विचार देखिएको छ । 

डा कोइरालाले स्पष्ट रूपमा नभने पनि ऐनको सङ्केत भनेको त्यही पछिल्ला प्रेसमाथिका विभिन्न आक्रमणहरूका विषयमा भएको देखिन्छ । 

वरिष्ठ नेता डा शेखर कोइराला: सञ्चारकर्मी र वाक स्वतन्त्रता राज्यको प्रहार सह्य छैन । अझ सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरङ्कुशता बाहेक अरू केही हुनै सक्दैन ।