आर्थिक

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

२८जेठ, काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ को मन्त्रीस्तरीय निर्णय बमोजिम उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।

यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने आज देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन्।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनीले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी हुन् भने ५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् साथै उनले ७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन्।

पदभार ग्रहण गर्दौ नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन्। ।