आर्थिक

सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा Yodha 1.5T को भव्य सार्वजनिक कार्यक्रम सम्पन्न

२९ जेठ, इटहरी। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा Yodha 1.5T को भव्य सार्वजनिक कार्यक्रम सम्पन्न को क्षेत्रीय लञ्च कार्यक्रम इटहरी मा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि राम स्वरूप शर्मा, उपाध्यक्ष – सुनसरी उद्योग वाणिज्य संघ रहेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘टाटाका गाडीहरू नेपालको भौगोलिक अवस्थाका लागि अत्यन्तै उपयुक्त छन्। टाटा सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा Yodha को भव्य सार्वजनिक कार्यक्रम सम्पन्न टिकाउ, किफायती र भरपर्दो सवारी हो। साथै बिक्रीपछिको सेवा पनि उत्कृष्ट रहेको छ।’
कार्यक्रममा विशेष अतिथिको रूपमा निम्न प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो ।
अशोक जैन – सचिव, सुनसरी उद्योग वाणिज्य संघ, मनोज कुँवर – अध्यक्ष, सुनसरी कुखुरा व्यवसायी संघ, जितेन्द्र दाहाल – अध्यक्ष, प्रशोधित पानी उत्पादक संघ, राजेश खनाल – अध्यक्ष, वितरक संघ, इटहरी, राजेन्द्र राई – अध्यक्ष, मदिरा विक्रेता संघ, इटहरी रहेका थिए ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालि का वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने, “सिर्जनशील प्रविधि, भरपर्दो गाडी र सशक्त सेवा सञ्जालको संयोजन नै सिप्रदी र टाटा Yodha को विशेषता हो। हाम्रो उद्देश्य केवल गाडी बिक्रीमा सीमित छैन, हामी ग्राहकहरूसँगको विश्वास र दीर्घकालीन सम्बन्ध निर्माणमा केन्द्रित छौं। टाटा सिप्रदी ट्रेडिङ्गद्वारा इटहरीमा टाटा Yodha 1.5T को भव्य सार्वजनिक कार्यक्रम सम्पन्न जस्तो टिकाउ, शक्तिशाली र किफायती सवारी साधनले नेपाली व्यवसायीहरूलाई दैनिक सञ्चालनमा विश्वास र लाभ दुवै दिनेछ भन्ने हाम्रो दृढ विश्वास छ।
सिप्रदीले देशैभर फैलिएको आफ्नो सेवा तथा पार्ट्स नेटवर्कमार्फत ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउँदै आएको छ। हामी हाम्रा प्रत्येक ग्राहकको व्यवसायिक यात्रा सफल बनोस् भन्ने उद्देश्यले साथ दिन सधैं तयार छौं। आजको यो लञ्च कार्यक्रममार्फत हामी फेरि एकपटक प्रतिबद्ध हुँदैछौं—सिप्रदी ग्राहकको भरोसायोग्य सहयात्री मात्र होइन, व्यवसायको प्रगतिको साझेदार हो।”

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटा Yodha 1.5T मार्फत व्यवसायिक प्रयोजनका लागि अझ सक्षम, टिकाउ र लागत–प्रभावी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।