२९ जेठ, काठमाडौँ। गत मङ्गलबारदेखि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।