समाचार

बालेन-सुनिताले गरे छलफल, छिट्टै कार्यपालिकाको बैठक बोलाउने सहमति

२९ जेठ, काठमाडौँ। प्रमुख प्रशासकीय अधिकृतको विवादले चिसिएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल बिचको सम्बन्धका केही सुधार भएको छ।  उनीहरूले तीन जना  वडा अध्यक्षलाई राखेर वार्ता गरेपछि विवाद केही मत्थर भएको बुझिएको हो। 

मेयर र उपमेयरबिच महानगरको बजेट अधिवेशनको बारेमा छलफल भएको बताइएको छ। हिजो भएको भेटमा दुई जनाबिच लामै कुराकानी भएको  र कार्यपालिकाको बैठक पनि छिट्टै बोलाउने निर्णय भएको छ।  

भेटमा तीन पार्टी नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीबाट चुनाव जितेका तीन जना वडा अध्यक्षहरू प्रतिनिधिको रूपमा सहभागी भएका थिए।