रोजगारी

माओवादी केन्द्रले भन्यो:  नियामक निकाय हुँदाहुँदै समाचार हटाउने आदेश दिनु र पत्रकारलाई पक्राउ पुर्जी जारी हुनु संविधान विपरीत छ  

२९ जेठ, काठमाडौँ। नेकपा माओवादी केन्द्रले पत्रकार दिलभूषण पाठक माथि पक्राउ पुर्जी जारी गर्नु र समाचार समाचार हटाउन अदालतले आदेश दिनु संविधान विपरीत भएको बताएको छ। आज उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले  एक विज्ञप्ति जारी गर्दै  संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरीत भएको जनाएको हो। 

 विज्ञप्तिमा भनिएको छ, ‘यसले माओवादी पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै ‘पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउपूर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेश प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरीत छ।’ भनिएको छ। 

विज्ञप्तिमा मिडियाबारे हेर्ने निकाय प्रेस काउन्सिल भएको तर त्यसलाई छलेर सरकारले दमनको नीति लिएको माओवादी केन्द्रले बताएको छ।