अन्तर्राष्ट्रिय

ट्रम्पको धम्कीका बावजुद अमेरिकाभर विरोध प्रदर्शन फैलिँयो

२९ जेठ, काठमाडौँ। कडा अध्यागमन रणनीतिका विरुद्ध संयुक्त राज्य अमेरिकाभर विरोध प्रदर्शन भड्किएको छ । यो लस एन्जलसमा दैनिक प्रदर्शनपछि आएको हो । क्यालिफोर्नियाले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको सेना तैनाथीका विरुद्ध कानूनी लडाइँको तयारी गरिरहेको छ ।

अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसमा बुधबार छैटौँ दिनको विरोध प्रदर्शनका लागि एक हजारभन्दा बढी मानिस भेला भएका थिए । उनीहरू सडकमा मार्च गर्दा भिड शान्तिपूर्ण थियो । सहरका नेताहरूले पाँच सय वर्गमाइल (एक हजार तीन सय वर्गकिलोमिटर) महानगरका केही सहर ब्लकहरूलाई क्षति पुर्‍याउने अँध्यारो तोडफोड र लुटपाटलाई नियन्त्रण गर्ने प्रयास गर्दा दोस्रो रातको कर्फ्यू लगाइएको थियो ।

“म भन्न सक्छु कि अधिकांश भागमा यहाँ ग्राउन्ड जिरोमा सबै कुरा ठीकै छ”, ६६ वर्षीय सेवानिवृत्त स्कूल शिक्षक एवं प्रदर्शनकारी लिन स्टर्गिसले भने, “हाम्रो सहरमा आगो लागेको छैन, यो जलिरहेको छैन, जसरीे हाम्रो भयानक नेताले तपाईंलाई भन्न खोजिरहेका छन् ।”

देशमा अवैध रूपमा आप्रवासीहरूलाई समात्ने प्रयासमा अचानक वृद्धि भएपछि प्रायः शान्तिपूर्ण विरोध प्रदर्शनहरू भड्किए । सेल्फ ड्राइभिङ ट्याक्सीहरू जलाउने र प्रहरीमाथि ढुङ्गा फ्याँक्ने लगायतका हिंसाका घटनाहरू लस एन्जलस प्रहरी विभागका आठ हजार पाँच सय अधिकारीले पहिले सामना नगरेको केही पनि थिएन । वासिङ्टनको स्पोकेनमा प्रहरीले ३० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेपछि र भिडलाई तितरबितर गर्न मरिचका गोलीहरू प्रहार गरेपछि रातिको कर्फ्यू घोषणा गरिएको प्रहरी प्रमुख केभिन हलले पत्रकार सम्मेलनमा बताए ।कागजातविहीन आप्रवासीहरूको ‘आक्रमण’ भएको दाबी गर्नेसँग लड्ने वाचा गरेर ट्रम्पले गत वर्ष आंशिक रूपमा चुनाव जिटेका थिए ।

गभर्नर गेभिन न्युसमको आपत्तिका बावजुद क्यालिफोर्निया नेसनल गार्डलाई तैनाथ गर्न आदेश दिँदै ट्रम्पले अब राजनीतिक पूँजी बनाउने अवसर कब्जा गरिरहेका छन् । दशकौँमा पहिलो पटक अमेरिकी राष्ट्रपतिले लिएको पहिलो यस्तो कदम हो ।

“हामीसँग सुरक्षित देश हुनेछ”, उनले वासिङ्टनमा ‘लेस मिजरेबल्स’ को प्रदर्शनमा जाँदै गर्दा पत्रकारहरूलाई भने, “लस एन्जलसमा के हुने थियो त्यो हुन दिनेछैनौँ । याद गर्नुहोस् यदि म त्यहाँ नभएको भए… लस एन्जलस जमिनमा जलिरहेको हुने थियो ।”