आर्थिक

सुनको मुल्य आकाशियो, एकैदिन ताेलामा चारहजार भन्दा धेरै बढ्याे

३० जेठ, काठमाडौं । आज शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको हो । हिजो १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।