३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इण्डियाको विमान हिजो दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य सहित २४१ यात्रुको मृत्यु भएकोे घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको बताएका छन् । उक्त घटनाप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गरेका हुन्।
विमान दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगल सरकारले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति सभापति देउवाले सहानुभूति प्रकट गरेका छन्।
घटनामा परी निधन भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको आत्माको चीर शान्तिको कामना साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका हुन्।