३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे आइतबार बस्ने गरी बैठक तय भएको जानकारी दिए।
उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। पौडैलले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन भनेका छन्।
पार्टीको आगामी महाधिवेशन र वर्तमान राजनीतक घटनामा क्रमका बारे पार्टीको आधिकारीक धारणा बनाउन बैठक बस्न लागेको हो।