३० जेठ, काठमाडौँ । गत जेठ १३ गतेदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सञ्चालनको लागि आज पनि सत्तापक्ष र विपक्ष दलका नेताहरूबिच छलफल भएको छ। आजको प्रतिनिधिसभाको बैठकअघि सहमति जुटाउने भन्दै छलफलमा जुटेका हुन्।
काँग्रेस-रास्वपा, एमाले-राप्रपा र माओवादी केन्द्रबिच छलफल भइरहेको बताइएको छ। सहमतिको विन्दु खोज्ने प्रयास भइरहेको बताएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने विपक्षीको अडानका बिच तीन हप्तायता प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको छैन।