३० जेठ, काठमाडौँ । प्रतिनिधिसभामा आजको बैठकमा रास्वपा र राप्रपाले विरोध कायमै राखे पनि सभामुखले बैठक अघि बढाएका छन्। आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए।
सभामुख घिमिरेले पटक पटक उनीहरूलाई आसन ग्रहणका आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरेका थिए। तर रास्वपा र राप्रपाले विरोध जनाइरहेपछि सभामुखले पेलेरै बैठक अघि बढेका हुन्।