समाचार

संसदमा गृहमन्त्रीको जवाफ: भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन

३० जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। आज शुक्रबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदको विरोध कायमै हुँदा सभामुख देवराज घिमिरेले लेखकलाई बोल्ने समय दिएपछि उनले आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको बताएका हुन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा पनि आफूले सञ्चारमाध्यमबाटै थाहा भएको दाबी गरे

विपक्षी दल रास्वपाले भने नारावाजी गरिरहेको छ।